रिभर फल्स पावरको आइपीओमा १८ लाख बढीको आवेदन, माग भन्दा ८.३२ गुणा बढी

काठमाडौं । रिभर फल्स पावरको आइपीओमा १८ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिंङका अनुसार आज साँझ ५ः१७ बजेसम्ममा १८ लाख ३८ हजार ४३१ जना सर्वसाधारणले २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ३२ हजार ८२० कित्ता सेयरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८.३२ गुणा बढी हो ।

कम्पनीले बैशाख २८ गतेदेखि आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि हो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स