निर्माण व्यवसायीलाई नियम विपरीत १२ करोड भुक्तानी

काठमाडौं । महालेखा परीक्षक कार्यालयले सडक विभागले नियम विपरित निर्माण व्यवसायीलाई १२ करोड रुपैयाँभन्दा धेरै भुक्तानी दिएको जानकारी दिएको छ ।

विभाग माताहतका १७ कार्यालयले ३४ निर्माण व्यवसायीलाई नियमावली विपरीत १२ करोड १८ लाख ६३ हजार मूल्य समायोजन भुक्तानी गरेको महालेखा परीक्षकको ५८ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको २०७६ पुस १६ गतेको पत्रानुसार बोलपत्र सम्बन्धी कागजातको मूल्य समायोजन डाटामा बोलपत्रदाताले कोफिसियन्ट नभरी खाली छोडेमा निजलाई मूल्य समायोजन दिन नमिल्ने उल्लेख छ ।

पुष्पलाल (मध्यपहाडी) योजना कार्यालय काभ्रेपलान्चोकले २ सडक निर्माणको निर्माण व्यवसायीले बोलपत्र सम्बन्धी कागजात पेश गर्दा मूल्य समायोजन डाटाको कोफिसियन्ट नभरेको अवस्थामा मूल्य समायोजन ३ करोड ९५ लाख २ हजार भुक्तानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स