प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान बीमा समितिले दियो सैद्धान्तिक सहमति

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन (मर्जर) आज बुधबार सैद्धान्तिक सहमति दिएको छ ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम यी तीन बीमा कम्पनीलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति दिएको हो । साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्यांकनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ ।

ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्त रुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा सहमति प्रदान गरेको हो ।

यसअघि, मिति २०७९/०१/२३ मा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको कार्यकारी निर्देशक एवम् प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए ।

ती दुई कम्पनीबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रुपमा समितिमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स