काठमाडौं । नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेष्ठ १ गते १० जना विभिन्न मुलुकका पदयात्रीसँगै सगरमाथाको सफल आरोहण गरेका हुन् िउनले आरोहण अप्रिल ११, २०२२ सुरु गरेका थिए ।
सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा’ अभियानलाई सफल बनाउनका लागी अल्फा अटोमोटिभ प्रा. ली. ले त्रिवेणी ग्रुपको कार्यलयमा अप्रिल ९, २०२२ एक कार्यक्रम आयोजना गरि, कम्पनीका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा पनि प्रदान गरेका थिए ।
श्रेष्ठले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराएका थिए ।
विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागी आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा. ली. ले नेपाल भर बिक्री अनुमती पाएको हो । कम्पनीले आफ्नो बिक्री, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।