कामपा–५ बाट पनि बालेन्द्र साहले पाए १५सयभन्दा बढी मत, अध्यक्षमा एमाले, सदस्यमा कांग्रेस/एमाले ५०/५० प्रतिशत

काठमाडौं । काठमाडौ महानगरपालिका वडा ५ बाट पनि बालेन्द्र साहले १५ सय एक मत पाएका छन् । कुल ५ हजार ९ सय ९९ मतदात रहेको उक्त वडामा मतभने करिब ७५ प्रतिशत भोट खसेको थियो ।

काठमाडौं महानगरपालिका–५ को मतपरिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षका उम्मेदवार बिरेन्द्र्र प्रजापतिविजय भएको छ । उनले नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रमेश डंगोललाई २४३ मतान्तरले पछि पार्दै प्रजापतिले विजय हासिल गरेका हुन् । यसअघिको कांग्रेसका उम्मेदवार डंगोल विजय हुँदा ५ मतको मात्रै मतान्तर थियो ।

मध्येरातमा सम्पन्न मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस महिला सदस्य मीना प्रजातिले विजय हासिल गरेकी छिन् । उनी यसअघि पनि महिला उम्मेदवारमा विजय भएकी थिइन । प्रजापतिले १६५४ मत ल्याएर विजय हासिल गरेकी छिन् । त्यसरी दलित महिला सदस्यमा २२ वर्षीय आरती सुनुवारले विजय हासिल गरेकी छिन् । उनी १५सय ८४ मत पाएर विजय भएकी हुन् ।

कामपा–५ मा एमालेका शशी थापा र नेपाली कांग्रेसका विजय कर्माचार्य विजय भएका छन् । थापाले १४ सय ९ मत पाएका छन् भने कर्माचार्यले १५ सय ४१ मत पाएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जानकारी दिएको छ । कामपाको वडालाई कांग्रेसीहरूको पकड भएको वडा मानिन्छ ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स