भरतपुरमा दाहाल र सुवेदी बीचको मतान्तर १ हजार ६८४ , कसको कति मत ?

चितवन । भरतपुर महानगरपालिकाको पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले मतअन्तर बढाउँदै अघि बढि रहेकी छिन् ।

दाहालले ९ हजार ९२४ मतका साथ अग्रता लिएको हो ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २४० मतका साथ उनलाई पच्छ्याइरहेका छन् । हाल सुवेदी १ हजार ६८४ मतअन्तरले पछि परेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४४८ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स