सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले घटेर ९५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स