बालेन शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा स्थापितको ६ हजार ७९०, डंगोलको कति ?

काठमाडौं । प्रमुख पदमा बालेन शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले ६ हजार ७९० मत प्राप्त गरेका छन् । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएको बालेन शाहले नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका स्थापितलाई पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ६ हजार १२९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डंगोलले १३ हजार ९८ मतले अग्रस्थानमा रहेका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले ४ हजार ७४ मत प्राप्त गरेका छन् । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन्। प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डंगोललाई २५३ मतले पछि पार्दै विजयी भएको हो । प्रजापतिले १ हजार ८१८ मत प्राप्त गर्दा डंगोलले एक हजार ५७५ मत पाएका थिए ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् ।

कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स