काठमाडौं । सेयर बजार खोलेको दोस्रो दिन गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३५ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबै राताम्मै देखिएको छ ।
आज २ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ ।