काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
मंगबारदेखि प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
यी तीन कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो ।
यी तीन कम्पनीले गत बैशाख २९ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।