चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ ।
१३ हजार ७६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६८८ मत पाएका छन् भने गठबन्धनबाट प्रमुखको उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ६२० मत पाएकी छिन् । जसअनुसार दाहाल ६८ भोटले पछाडि परेकी छिन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७४ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ४८२ मत पाएका छन् ।
महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।