काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १२ सय ६० रुपैयाँ कायम भएको छ ।