प्याब्सनले सरकारलाई भन्योः ‘१८० दिन विद्यालय सञ्चालन हुनु पाउनुपर्छ ’

काठमाडौं । सरकारले साप्ताहिक बिदा दुई दिन दिने निर्णय गरेसँगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले वर्षमा १८० दिन पठनपाठन हुनुपर्ने बताएको छ । अन्य विभिन्न अन्य विदा कटाएर भएपनि पाठ घण्टा र कार्यघण्टा कार्यान्वयनको ग्यारेन्टी हनुपर्ने बताएको हो ।

बैशाख २६ गते राजपत्रमा प्रकाशित सूचना अनुसार जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयले विद्यालय शिक्षाको शैक्षिक क्यालेण्डर प्रभावित हुने प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई चिन्ता प्रकट गर्दै भनेका छन् ‘शिक्षा क्षेत्र निजामति, उद्योग, व्यवसाय, उत्पादन तथा अन्य सेवा क्षेत्रभन्दा भिन्न प्रकृतिको रहेको र राज्यले प्रदान गर्ने सार्वजनिक विदाहरु यसअघि नै अत्यधिक भएको सन्दर्भमा आइतबारको बिदासमेत थपिने हुँदा यसबाट विद्यार्थीको सिकाइ निरन्तरता एवं शैक्षिक कृयाकलापमा पर्न जाने नकारात्मक प्रभावप्रति समवेदनशील हुन जरुरी रहेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले हालको विशेष परिस्थितिमा अर्को सहज अवस्था सिर्जना नभएसम्म अस्थायी रुपमा राज्यकोषको भारलाई कम गर्न गरेको प्रयत्नमा प्याब्सनको भूमिका सहयोगी रहनेछ र मितव्ययिताका अन्य थुप्रै विकल्पमाथि पनि सरकारले बेलैमा ध्यान पुर्याओस् भन्ने ध्यानाकर्षणसमेत गराउँदछौं ।’

लगातार दुई दिन सार्वजनिक बिदा गर्दा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरे बमोजिम पाठ घण्टा र कार्यघण्टा कार्यान्वयनको ग्यारेन्टी नहुने निश्चित प्रायः देखिएको पनि प्याब्सनले प्रस्ट पारेको छ ।

यद्यपि प्याब्सनले भनेको छ ‘विद्यालयहरूले पाठ्यक्रमको पाठ्यभार फरक नपर्ने गरी आवश्यकता अनुसार हिउँदे, बर्खे, पर्व, उत्सव र दिवस लगायत स्थानीय बिदाका दिनहरु समेत कटौती गरी हाइब्रिड/अनलाइन/भर्चुअल विधिमार्फत पठनपाठन गर्न सकिन्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स