६ महानगरपालिकामध्ये बढी मत पाउनेमा वालेन्द्र साह, कसको मत कति कति ?

काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचन बैशाख ३० गते शुक्रबार सम्पन्न भएको छ । २०७२ मा नेपालको नयाँ संविधान आएपछि भएको यो दोस्रो निर्वाचन हो । ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका रहेको छ भने ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह रहेका छन् । सो तहमा ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन हुनेछ ।

काठमाडौं
काठमाडौ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले हालसम्म ४२५९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले २२३७ र नेपाली कांग्रेसकी सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छिन् ।

भरतपुर
नेपाल कम्युनिष्ट पार्टी( माओवादी) प्रचण्ड पुत्री रेनु दाहालले २५३० मत प्राप्त गरेकी छिन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) विजय सुवेदीले २५४९ मत प्राप्त गरेका छन् ।

वीरगञ्ज
जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंहले २८३२ मत र नेपाल कम्युनिष्ट पार्टीका विजयकुमार सरावगीले १२८६ मत प्राप्त गरेका छन् ।

ललितपुर
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले १२८१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का हरिकृष्ण ब्यञ्जनकारले ५५१ मत प्राप्त गरेका छन् ।

विराटनगर
विराटनगर महानगरपालिका मा नेपाली कांग्रेसका नागेश कोइरालाले ३२७८ मत प्राप्त गरेका छन् भने एमालेका सागरकुमार थापाले २३४७ मत प्राप्त गरेका छन् ।

पोखरा
पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १३४९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्णवहादुर थापाले १२५० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स