न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु

न्युयोर्क । यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो ।

गोली लागेर अरु केही घाइते पनि भएका छन् । अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।

सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिएको ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स