काठमाडौं महानगरमा बालेन साहको अग्रता, साहले २०७१ मत ल्याउँदा स्थापित र सिंहको कति ?

काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

साहले २०७१ मत ल्याएर अग्रता लिंदा, एमालेका केशव स्थापितले ११६४ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंह १००६ सहित तेस्रो स्थानमा छिन् ।

काठमाडौंको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ ।

एमालेकी सुनिता डंगोलले २००० हजार मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठ ५८० मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छिन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स