मध्यपुर थिमि–१ मा कांग्रेसको उम्मेदवार डंगोल विजयी

भादगाउँ । मध्यपुर थिमि नगरपालिकामा–१ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका छन् । नेकपा एमालेका कृष्णकुमार प्याथसँग प्रतिस्पर्धा गरेका डंगोलले एक हजार ७१० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी प्याथले एक हजार २९० मत ल्याएको मध्यपुर थिमी नगरपालिकाका सहायक निर्वाचन अधिकृत मैयाँ कँडेलले जानकारी दिए ।

त्यसैगरी वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवाहरु विजयी भएका छन् । महिला सदस्य सरस्वती खड्का, दलित महिला सदस्यमा रिमा परियार, कान्छाराम द्वारे तथा नेकपा एमालेका श्याम प्रजापति विजयी भएका छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स