सिन्धुपाल्चोकको बुथमा तनाव, सेनाद्वारा नियन्त्रण

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची-४ ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा तनाव भएको छ ।

आफन्तले नभई दलका प्रतिनिधिहरुले अशक्त र अपांगता भएका व्यक्तिहरुलाई मतदान गर्न सघाएपछि मतदानस्थलमा केहीबेर तनाव भएको हो ।

मतदानस्थलमा ठेलमठेल भएपछि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

नेपाली सेना परिचालान भएपछि अहिले स्थिति सामान्य रहेको बताइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स