स्थानीय तह निर्वाचनमा हालसम्म ३९० निर्विरोध निर्वाचित

काठमाडौं । निर्वाचनमा हालसम्म ३९० निर्विरोध निर्वाचित भएका छन् । मनोनय दर्ताका क्रममा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् । निर्वाचन कार्यक्रम यही वैशाख ११ गतेदेखि सुरु भएको थियो । यही वैशाख ११ र १२ गते मनोनयनको कार्यक्रम सञ्चालन गरिएको थियो ।

वैशाख १२ गते उम्मेदवारको सूची प्रकाशन, १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच तथा उजुरीउपर जाँचबुझ र निर्णय, १६ गते उम्मेदवारी फिर्ता र १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको थियो ।

निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए भने १४ वटा दलले एउटा पनि उम्मेदवारी मनोनयन दर्ता नगराएको आयोगले जनाएको छ । यसपटकको निर्वाचनमा हरियो मसीले मतपत्रको छपाइ गरिएको छ ।

निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयम्सेवक र पाँच हजार पर्यवेक्षक खटिइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स