प्रोफिट बुकिङ हुँदा सेयर बजारमा सामान्य करेक्सन

काठमाडौं । आज बिहीबार यो साताको कारोबारको अन्तिम दिन सेयर बजारमा १८.६४ विन्दुले करेक्स भई २३५०.२४ अंकमा बन्द भएको छ । साताको पहिलो दिन आइतबार २२०४ को तल्लो विन्दुलाई छोएर ४ दिन लगातार सेयर बजार बढेको थियो । चार दिनको वृद्धिमा १३०.४४ अंकले नेप्से परिसूचक बढेको थियो । लगातार ४ दिन बढेको बजारमा आज कारोबारको अन्तिम दिन प्रोफिट बुकिङ हुँदा १८.६४ अंकले सामान्य करेक्सन भएको छ ।

आज कारोबार हुने उपसमूहहरूमा उत्पादन तथा अन्य क्षेत्र बाहेक अन्य अरु उपसमूहहरू सामान्य करेक्सन भएका छन् । विद्युत नियमन आयोगले केही हाइड्रोपावर कम्पनीहरूलाई पुँजी वृद्धिको लागि धितोपत्र बोर्डमा आवेदन गर्नको लागि स्वीकृति प्रदान गरेको हुँदा उक्त क्षेत्रका कम्पनीको मूल्य बढेको थियो ।

यहि सूचनाको फाइदा लिँदै स्मार्ट ट्रेडरहरूले हाइड्रोपावरबाट प्रोफिट बुक गरी फन्डामेन्टल स्ट्रङ भएका राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरूमा लगानी स्थानान्तरण गर्दा हाइड्रोपावर र विकास बैंक समूहमा अलि ठूलै करेक्सन देखिएको छ । जसले गर्दा नेप्से परिसूचकमा पनि करेक्सनको दवाव परेको देखिन्छ

समग्रमा चार दिन बढेको सेयर बजारमा आज सामान्य करेक्स हुनु स्वभाविकै हो । अव चुनावपछि हुने वातावरणलाई आकलन गरी लगानीकर्ताहरूले लगानी गर्ने रणनीति बनाउनको लागि पनि प्रोफिट बुक भएको देखिन्छ । अव जेठ ३ गते मंगलबारदेखिबाट मात्रै सेयर कारोबार सुरु हुन्छ । सो अवधिसम्मका लागि कम्पनीको वित्तीय विवरण र राजनीतिक परिस्थितिको विश्लेषण गर्दै लगानी गर्ने अवसरको रुपमा हेर्न सकिन्छ ।

आजको बजारलाई प्राविधिक रुपमा नियाल्दा २९८१ देखिको डाउन ट्रेनलाई हिजोको कारोबारले ड्राउन ट्रेनलाई काटेर अगाडि बढेको देखिन्छ । जसले गर्दा लगानीकर्ताहरूलाई सेयर बजार अझै माथि जान्छ भन्ने आत्मबल बढेको देखिन्छ ।

बुलिन्जर ब्याण्डको मिडिल ब्याण्डमाथि नै आजको क्यान्डिल बनेकोले प्राविधिक रुपमा हेर्दा पनि आगामी दिनमा सेयर बजार अझै माथि जाने देखिन्छ । एमएसीडी र इस्टोकाष्टिक आरएसआईले बुलिस क्रस ओभर गरेको हुँदा टेक्निकल रुपमा पनि परिसूचक बाई जोनमै देखिन्छ । जसले गर्दा आगामी दिनमा बजार अझै माथि जाने नै संकेत गर्दछ ।

विगत २३ गते शुक्रबार एनएनसीसीआईले आयोजना गरेको ‘परिपक्क पुँजी बजार’ सम्मेलनमा विविध विषयवस्तुहरू माथि छलफल भएको थियो । यसै क्रममा नियमक निकायका प्रमुखहरूले सेयर बजार फण्डामेन्टल स्ट्रङ कम्पनीहरूभन्दा पनि आधारभूत रुपमा कमजोर रहेका सेक्टर तत् सम्बन्धी कम्पनीहरू बढी ट्रेडिङ भएकाले पनि सेयर बजारले आफ्नो ट्याक भुलेर कारोबार भएको हो कि भन्ने आशय व्यक्त गरेका थिए ।

उनीहरूको भनाइको निष्कर्ष आधारभूत रुपमा सवल कम्पनीहरू जसले नियमति रुपमा लाभांश वितरण गर्न सक्छ र सुशासन कायम भएका छन् त्यस्ता कम्पनीहरूमा लागनीकर्ताको कम आकर्षण हुनु सेयर बजार जोखिममा पुर्नुको प्रमुख कारण हो, भन्ने आशयका अभिव्यक्तिले पनि अवको सेयर बजारको लागनीको क्षेत्र कुन सेक्टरमा लगानी गर्दा उपर्युक्त हुन्छ भन्ने आशय झल्किएको पाइन्छ ।

त्यसै अनुरुप आजको कारोबारलाई नियाल्न सकिन्छ । सुरुवाती २ घण्टा जलविद्युत कम्पनी र विकास बैंक क्षेत्र राम्रैसँग वृद्धि भएको थियो । जव प्रोफिट बुकिङ सुरु भयो सबैभन्दा धेरै घट्ने सेक्टर र कम्पनीहरू तीनै बढी भएका थिए । कारोबारको तौर तरिका नियाल्दा उक्त सेक्टरबाट प्रोफिट बुक गरी अन्य क्षेत्रमा लगानी गरेको देखिन्छ । जसले गर्दा समग्रमा आजको सेयर बजारलाई नै उतारचढाव पारेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स