नेप्से १८ अंकले घट्दा पनि जाल्पा लघुवित्तमा सर्किट कायमै

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १८.६४ अंकले घटेर २३५०.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख २७ हजारको कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

आज ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स