प्राइम लाइफको बीमा व्यवसाय ३ अर्बभन्दा माथि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चालु आवको ९ महिनामा ३ अर्ब ४९करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस वर्ष गरेको व्यवसाय गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो । प्राइम लाइफले गएको आवको सो अवधिमा ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

प्राइम लाइफले यो अवधिमा जीवन बीमा कोषमा १७ अर्ब ६३ कराड ११ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ । प्राइम लाइफले चालु आवको ९ महिनाको वित्तिय विवरण अनुसार जीवन बीमा कोषको आकार २५.९० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले खुद बीमा शुल्क आम्दानी १४ प्रतिशतले वृद्धि गर्दा जीवन बीमा कोषमा धेरै योगदान पुर्याउन सफल भएको हो ।

कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रुपैयाँ सञ्चिती रहेको छ भने महाविवपत्ति कोषमा १७ करोड ६७ लाख रुपैयाँ जम्मा गरेको छ । समग्रमा कम्पनीको कोषको आकार १८ अर्ब ३१ करोड ३३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

। कम्पनीले समीक्षा अवधिमा ९२ करोड ९६ लाख दावी भुक्तानी भुक्तान गरेको छ । कम्पनीको दावी भुक्तानी गत आवको तुलनामा १५.२१ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आवको यो अवधिमा ३२ करोड ३८ लाख रुपैयाँ बीमा अभिकर्तालाई कमिशन दिएको छ । गत आर्थिक वर्षको यो अवधिसम्म कम्पनीले अभिकर्तालाई दिने कमिशन ३४ करोड ८५ लाख रुपैयाँ थियो । कम्पनीको बीमा शुल्क बढेपनि अभिकर्ताको कमिशन भने ७ प्रतिशतले घटेको छ ।

कम्पनीको व्यवस्थापन खर्च सामान्य वृद्धि भई ४४ करो ७५ लाख पुगेको छ । कम्पनीको खुद नाफा १८ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले फ्युचर बोनसका लागि गर्नुपर्ने प्रभोभिजन कारणे मुनाफामा कमी आएको हो । कम्पनीको कूल २ लाख ६ हजार ६३३ पोलिसी संख्या रहेको छ भने गत आवमा यस्तो संख्या २ लाख ३८ हजार ८३१ रहेको थियो । समग्रमा कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७४.२४ गुणा, प्रतिसेयर नेटवर्थ १२४.५४ रुपैयाँ र प्रतिसेयर कूल सम्पत्तिको मूल्य ७९०.९४ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स