अब शैक्षिक संस्थामा वार्षिक ३० दिन मात्रै बिदा

काठमाडौं । अब शैक्षिक संस्थामा वार्षिक ३० दिन मात्रै बिदा हुने भएको छ ।

यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी सबै व्यवस्था कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने निर्णाय गरेको हो ।

योसँगै अब शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय बिदा नहुने भएको छ ।

मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रालयको बैठकले निजी र सार्वजनिक विद्यालयमा जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको छ ।

त्यसैगरि, हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स