प्रभु लाइफ इन्स्योरेन्सः चैतसम्मको व्यवसाय साढे १ अर्ब

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस आर्थिक वर्षमा कम्पनीले गरेको व्यवसाय गत आवको सोही अवधिकोभन्दा ३४ प्रतिशतले बढी हो ।

यो अवधिमा कम्पनीको खुद नाफा २६ प्रतिशतले घटेर १० करोड १३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको खुद नाफा १३ करोड ७८ लाख रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि भएर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा कोष २४ प्रतिशतले बढेर ४५ करोड ५४ लाख रकम छ भने जीवन बीमा कोषमा २ अर्ब ७१ करोड रकम रहेको छ । यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स