सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले चैत २८ गते रामकृष्ण मानन्धरको अध्यक्षतामा लैनचौर बैङ्क्वेट, काठमाडौंमा २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ ।

साथै, कम्पनीले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावलाई पारित गरेको छ ।

जसअनुसार चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७४र७८ मा १६.०५ प्रतिशतले व्यवसाय वद्धि गर्दै २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ ।

एनएफआरएस अनुसार बम्पनीले ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा १०.८६ प्रतिशतले कूल दावी भुक्तानी भएको सीईओ चंकी क्षेत्रीले बताए । जुन रकमका आधारमा १ अर्ब १६ करोड रुपैयाँ हो ।

त्यसैगरी, सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स