जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने

काठमाडौं । जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढ्ने भएको छ ।

मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनाको लागि ब्याज दर नबढाउने सहमति गरेको हो ।

राष्ट्र बैंकले नीति परिवर्तन गरेर ब्याजदर बढाउने अवस्था आएमा बढाउनुपर्ने अन्यथा ब्याजदर बढाउँदैमा निक्षेप नबढ्ने भएकाले तत्काल बढाउनुको औचित्य नभएको बैंकर्सहरू बताउँछन् ।

यसअघि आईक्यानले गरेको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्ने भन्दै त्यसका लागि तयार रहन सबै क्षेत्रलाई निर्देशन दिएका थिए । तर, बैंकर्सहरू भने तत्काल ब्याजदर बढाउन नहुने पक्षमा देखिएका छन् ।

जेठमा ब्याज नबढ्ने भएपछि अहिले कै ब्याजदरले निरन्तरता पाउने छ ।

हाल वाणिज्य बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स