काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम भएको छ ।