आजदेखि रिभर फल्स पावरको आईपीओ बिक्री खुल्ला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आज (बैशाख २८) गतेदेखि आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि हो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स