काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० अंक विन्दुमा आइपुगेको छ ।
आज ३३ लाख ३० हजारको कित्ता सेयर १ अर्ब ३५ करोड ६६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।
आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्त, बरुण हाइड्रोपावर, न्याग्दी गु्रप पावरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, युनिर्भसल पावर कन्पनी (९.९७%), दिव्यश्वरी हाइड्रोपावर (९.१७%), नेशनल हाइड्रोपावर (९.०८%) को सर्किट लागेको छ ।