मूल्य सस्ताएर ठूला लगानीकर्ताले सेयर उठाउन थाले

काठमाडौं । विगत केहि समयदेखि निरन्तर रुपमा अत्यास लाग्दो तरिकाले निरन्तर घटिरहेको सेयर बजार आज भने घट्ने क्रम रोकिएर भद्र तरिकाले बढ्न थालेको छ । बजारको ट्रेन हेर्दा आज ठूला लगानीकर्ताहरू बजारमा प्रवेश गरेको पाइन्छ ।

यसअघिका दिनहरूमा बजारमा बढ्दा सय अंकको हाराहारीमा बढ्थ्यो भने घट्दा पनि झण्डै त्यहि गतिलाई पच्छाउथ्यो । आजदेखि भने बजारका विज्ञ तथा ठूला लगानीकर्ताहरू भद्र रुपमा आफ्नो मूल्यमा आएको सयेर उठाउँदै बसेको देखिएको छ ।

सेयर बजारका सक्रिय लगानीकर्ता भिमसेन रायमाझीका अनुसार बजारमा यस अघि ठूला लगानीकर्ताहरूलाई आफूले चाहेको मूल्यमा बजार ल्याउनका लागि साना लगानीकर्ताहरू आत्तिएका बेला सानो सप्लाई दिने र तिनीहरूलाई थप मनोवैज्ञानिक त्रास सिर्जना गरिदिएर बजारलाई थप घटाउने कार्य गरिरहेकोमा आजदेखि भने उनीहरू नै बजारमा बिक्रीमा आएको जति सेयर आफ्नो मूल्यमा खरिद गर्ने योजना बनाएर लागेको पाइन्छ ।

ठूला लगानीकर्ताहरूले यो विन्दुमा आएर बजारलाई थप तल ल्याउन नचाहेको देखिन्छ । र अब चुनाव अगाडि यहि विन्दुको आसपासमा खरिद गर्ने र चुनाव पछाडि बजारलाई थप केहि बढाउने देखिएको छ । चु्नावी वर्षपनि भएकोले बजेटको आसपासमा राम्रो बजेट (लागनीकर्तामैत्री) आउने र उक्त समयमा बजार २५ सय विन्दुसम्म पुग्न सक्ने आकलन गरिएको छ ।

हाल बैकिङ प्रणालीमा केहि निक्षेप पनि बढ्दै गएको र चुनावका खर्चहरू पनि विस्तारै बैकिङ प्रणालीमा आउने हुँदा यसले बजारमा सकारात्मक प्रभाव पार्ने हुन सक्छ । यसैको आशमा साना लगानीकर्ताले समेत सेयर धेरै बिक्री नगर्ने हुँदा बजारमा बढ्ने तर्फ जान लागेको पाइन्छ ।

यसका साथै बजारमा नयाँ लागानीकर्ता पनि प्रवेश गरेको देखिएको छ । नयाँ लगानीकर्तालाई राम्रा कम्पनी हेरेरमात्रै सेयर खरिद गर्न पनि रायमाझीले सुझाएका छन् । यहि सन्दर्भमा आजको बजारलाई समेत विश्लेषण गर्दा ठूला लागनीकर्ताहरू राम्रा कम्पनीहरूको सेयर खरिद गर्न बसेकाको पाइन्छ । यसैका कारण तिव्र मोलमोलाइकाबीच बजार सामान्य अंकमा उतार चढाव हुने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स