एनसीसी बैकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैकको चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पुर्ण गिरिको सभापतित्वमा सम्पन्न भएको थियो

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नु पर्ने । ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैकको योगदानका साथै धितोपत्र, सम्पती शुध्दिकरण र विद्युतीय कारोबार सम्बन्धी जानकारीका सम्बन्धमा नेपाल राष्ट्र बैकका भुपु कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले प्रस्तुति दिएका थिए ।

सयजना भन्दा बढीको उपस्थिति रहेको यस साक्षरता कार्यक्रममा महिलाहरु उल्लेख्य सहभागि भएका थिए । सहभागिहरुले वित्तीय साक्षरता सम्बन्धी बचत, ऋण, बिमा, शेयर लगायत थुप्रै कुरामा जानकारी दिएकोमा खुशी व्यक्त गरेका थिए ।

सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रम संसथाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले संचालन गरेका थिए ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स