काठमाडौं । स्थानीय तह निर्वाचनको दिन बैशाख ३० गते आन्तरिक हवाई उडान बन्द हुने भएको छ ।
आइतबार वायुसेवा संचालक संघले विज्ञप्ति जारी गर्दै बैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जानकारी दिएको हो ।
मानवीय उद्धार सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक सबै बन्द रहने संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यसदिन अन्य सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।