किसान लघुवित्तकोे लाभांश परिमार्जन

काठमाडौं । किसान लघुवित्तले लाभांश परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमार्फत सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा को २० प्रतिशतले हुन आउने ७ करोड ८५ लाख ६१ हजार ७ सय ५५ रुपैयाँ ५ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, राष्ट्र बैंकले २० प्रतिशत बोनस मात्र वितरण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स