श्रीलंका राष्ट्रपतिद्वारा फेरि संकटकाल घोषणा

कोलम्बो । आर्थिक तथा राजनीतिक रुपमा संकटमा फसेको श्रीलंकामा फेरि संकटकाल घोषणा गरिएको छ ।

गत शुक्रबार मध्यरातदेखि लागू हुनेगरि संकटकाल घोषणा गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति गोटावाय राजापाक्षले आर्थिक तथा राजनीतिक संकटलाई व्यवस्थापन गर्न संकटकाल लागू गर्नु परेको स्पष्ट पारेका छन् ।

आर्थिक तथा राजनीतिक सङ्कटका विरुद्धमा जनआक्रोश र आन्दोलन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न सरकारले संकटका घोषणा गरेको हो ।

उनले सार्वजनिक सुरक्षा र जीउ धनको रक्षाका लागि संकटकाल लगाउनु अत्यावश्यक भएको राजपत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।

आन्दोलनकारीहरूले ढुवानी तथा आवत जावत समेत अवरोध गरेको र कतिपय सेवा प्रवाहमा समेत समस्या उत्पन्न भएकोले अवरोध हटाउन र सेवा प्रवाहलाई सहज गराउन संकटकाल लगाउनु परेको उनको भनाई छ ।

सरकारले संकटकाल घोषणा गरेर जनताको आवाजलाई नियन्त्रण गर्न खोजेको र नागरिक अधिकार कुण्ठित गरेको भन्दै कतिपयले भने विरोध गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स