बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई होटलदेखि अस्पतालमा ४५ प्रतिशतसम्मको विशेष छुट

काठमाडौं । बैंक अफ काठमाण्डूले विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिमरफिटनेस सेन्टर, अस्पतालसँग सम्झौता गरेको हो । आफ्ना कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई ४५ प्रतिशतसम्मको छुट उपलब्ध गराउन बैंकले सम्झौता गरेको हो ।

सम्झौता अनुसार बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्तर्गत विराटनगरको पर्पल हेज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोकमा १५%, विर्तामोडको मिठो रेष्टुरेन्ट एण्ड थकाली किचनमा १०%, मिटिंङ पोइन्ट रेष्टुरेन्ट एण्ड बार,५ प्रतिशत, नोबल होटल एण्ड स्विमिडङ कम्पलेक्स इमाडोलमा १०%, होटल अर्थ लाइट, सौरहमा २०%, चिकन स्टेसन इमाडोलमा १०% तथा सोलमारी रेष्ट्रो एण्ड मिटिंङ इमाडोलमा १५% को छुट पाउनेछन् ।

यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्तर्गत विर्तामोडको मेडिसिटी फार्मेसमा १०%, जनकपुरको रामजानकी हस्पिटलमा १५% तथा नमो मनकामना डेन्टल एण्ड किल्निक इमाडोलमा २५%को छुटको व्यवस्था रहेको छ ।

साथै, बुटिक अन्तर्गत बैंकका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तानास्क्वा फेसन स्टुडियोमा १५% छुट पाउनेछन् भने जिमरफिटनेस सेन्टर अन्तर्गत ढल्कोमा रहेको सेपस फिटनेस जिमको विभिन्न योजनाहरुमा ४५% सम्मको छुटको व्यवस्था रहेको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स