सनराइज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा छुट पाउने भएका छन् । यसको लागि बैंक र केबुलकारबीच सम्झौता भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सन्राइज बैंकको क्रेडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।

‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौ’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षा अनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स