अपर हेवाखोला हाइड्रोपावरले पायो आईपीओ निष्काशन गर्ने अनुमति

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आज (बैशाख २२) गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

सेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।

अब कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्नेछ ।

जसअनुसार, ५ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स