सबैको लघुवित्तले दियो दाङ जिल्लाको लमहीमा ‘बेमौसमी तथा मौसमी तरकारी खेती ’ तालिम

तनहुँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तनहुँ जिल्ला बन्दीपुर–१ डुम्रेमा संस्थाका आफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा ‘बेमौसमी तथा मौसमी तरकारी खेती ’ तालिम सञ्चालन गरेको छ । संस्थाले २०७९ बैशाख २० गतेदेखि २२ गतेसम्म दाङ जिल्लाको लमही नगरपालिका–५, लमहीमा उक्त तालिम सञ्चालन गरेको हो ।

यस तालिममा प्रशिक्षक हरि प्रसाद शर्मा, पवन कुमार श्रेष्ठ, सिता रानाभाट, अनिता वि.क. रहेका छन् । करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, साग वाली खेती र बेमौसमी तथा मौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी ब्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार ब्यवस्थापन, सबैको लघुवत्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, ब्यवसायिक स्किमहरु, वित्तीय साक्षरता आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताएका थिए ।

प्रमुख कार्यकारी अधिकृत पौडेलले संस्थाले पाँच वर्षदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी रहेको, यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी गराएका थिए ।

तालिमको आज दोश्रो दिन तालिममा सहभागीहरुलाई गढवा नगरपालिका-७, मोतिपुरका उमिसा चौधरीको २ विघाहामा फैलिएको कृषि फार्म गरेका थिए । तालिमको सुभारम्भ सत्रमा स्वागत मन्तब्य नर्ति शाखाका शाखा प्रमुख अनिता वि.क.ले गरेका थिए ।

तालिमको उद्देश्य बारेमा संस्था नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले प्रकाश पारेका थिए । संस्थाले आफनो ग्राहक सदस्यहरुलाई उद्यमी बनाउनका लागि विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आई रहेको जानकारी गराएका थिए ।

साथै ब्यवसायिक रुपमा तरकारी उत्पादन गरेमा तरकारी खेतीबाट मनग्य फाईदा लिन सकिने बारेमा जानकारी गराएका थिए, ब्यवसायिक रुपमा तरकारी खेती गर्नमा यस तालिम फलदायि हुने अपेक्षा राखेका थिए ।

कृषि अनुसन्धान निर्देशनालय, खजुरा, बाँकेका प्रशिक्षक तथा प्राविधिक अधिकृत हरि प्रसाद शर्माले मन्तब्य राखेका थिए । तालिमको सुभारम्भ सत्रका अध्यक्ष तथा यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख अतिथी केशब कुमार पौडेलले आफनो मन्तब्यको क्रममा ब्यवसायिक रुपमा तरकारी खेती गरेर फाइदा लिन जानकारी गराएका थिए ।

प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले कर्जाको सदुपयोगिता गरेमा मात्र फाईदा हुने भएकोले कर्जा सदुपयोगिता गर्न सुझाएका थिए साथै तालिममा लिएका सीपलाई ब्यवहारमा लागू गर्न जानकारी गराएका थिए ।

संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा ब्यवसायिक रुपमा ब्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गर्दै आई रहेको छ ।

संस्थाले यस आर्थिक वर्षमा संस्थाका आफ्ना ग्राहक सदस्यहरुलाई विभिन्न किसिमका सीप विकास तालिमहरु सञ्चालन गर्दैं जाने लक्ष्य रहेको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

तालिमको सञ्चालन संस्थाका मदनचौक मुकाम कार्यालय बाँके की सुपरीवेक्षण अधिकृत सिता रानाभाटले गरेका थिए ।यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आई रहेको छ ।

यस संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आई रहेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा ७३ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अरब ५९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब २५ करोड बचत परिचालन गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स