नेप्से परिसूचक २२५० विन्दुसम्म ओर्लिए पनि डराउनु पर्दैन : छोटेलाल

काठमाडौं । पछिल्लो समय वेयरिस ट्रेनमा रहेको नेप्से हिजो बुधबार २२७५.६८ विन्दुमा ओर्लिएको छ । नेप्सेको यो ट्रेनलाई हेर्दा आज बिहीबार पनि घट्ने देखिन्छ । बुधबार ३१.७६ अंक घटेको बजार आज बिहीबार २२५० विन्दुसम्म घटेपनि डराउनु नपर्ने सेयर लगानीकर्ताहरूले बताएका छन् ।

ठूला सेयर लगानी कर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजार २२५० विन्दुमा झर्दा पनि आत्तिनु नपर्ने बताए । बिहीबार बिहान हाम्रोअर्थसँग कुराकानी गर्दै उनले बजार केहि दिनमै उकालो लाग्ने बताएका हुन् ।
अहिले बजार घट्नु पर्ने कुनै कारण नभएकोले तरलता अभावले बजारमा समस्या ल्याएको उनको ठम्याइ छ । ‘अहिले बजार घट्नु पर्ने नै होइन, घटेको बजारमा लगानीकर्ताले लगानी गर्दा पछि बढी फाइदा लिन सकिन्छ,’ उनले भने ‘बजार अहिले डेट लक जस्तो अवस्थामा छ ।’

तरलता अभावका कारण सेयर कारोबार घटेका हो । बेच्नेले सस्तो सेयर बिक्री गर्न चाहिरहेका छैनन् भने तरलता अभावका कारण खरिद गर्न चाहने लगानीकर्ताले पनि सेयर खरिद गर्न सकिरहेका छैनन् । मास लगानीकर्ताको मनोबल घटेको छ । बजार खल्बलिएको छ । बजारमा एक्सिडेन्ट भएको हो । केही समय मै बजार उकालो लाग्ने उनले बताए ।

पहिला ११ सय विन्दुमा बजार ओर्लिदा पनि दैनिक १५/२० करोड रुपैयाँको कारोबार भएको थियो । हिजो बुधबार पनि १ अर्ब २६ करोड ९२ लाख १९ हजार रुपैयाँ बराबरको ३६ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यति बेला पनि मानिसहरूले ९ सय विन्दुमा बजार ओर्लिन्छ भनेका थिए । अहिले पनि यस्तै हल्ला फिजाइरहेको छ । तर, बजार अब केहि समयमा नै उकालो लाग्ने उनको बुझाइ छ ।

‘अब निर्वाचनमा खर्च हुन्छ, बजेट पनि आउँदै छ । अर्थतन्त्र धरासायी हुन्छ भनेर सरकारले आयातमा कडाइ गरेको छ, बीमा कम्पनीहरूको पुँजी वृद्धि योजना आएको छ, समग्रमा बजार ५० प्रतिशतले घटी सकेकोले अब बजार आत्तिनु पर्ने गरी घट्दैन’ उनले भने ‘बजार अबको केही समयमा बढ्छ ।’

बुधबार नेप्से ओरालो लागेपनि जाल्पा लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको सेयर १२५ रुपैयाँ ६० पैसा बढेर १ हजार ३८२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । हिजो दिन वरुण हाइड्रोपावरको सेयरमूल्य ४.४५ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स