एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। अग्रवाल भवन कमलपोखरीमा कम्पनीको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी संचालक समितिलाई दिइएको सम्पुर्ण अधिकारलाई निरन्तरता दिने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षक गर्न बाह्य लेखापरीक्षको नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्नेप्रस्ताव पनि पारित गरेको छ।

सभाले लाभांश तथा सभा प्रयोजनका लागि बैशाख १२ गते एक दिन बुक क्लोज गरेको थियो । त्यसकारण बैशाख ११ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स