भारतीय नम्बर प्लेटको बस र टाटा सुमो ठोकिदा ५ जनाको मृत्यु

काठमाडौं । काभ्रेको रोशीमा तीर्थ यात्रु सवार भारतीय बस र टाटा सुमो ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बस र टाटा सुमो ठोकिदा १८ जना घाइते भएका छन् । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थ यात्रु सवार बस र टाटा सुमो ठोक्किदा ५ जनाको मृत्यु भएको हो

काभ्रेको रोशी गाउँपालिका–११ मा सो दुर्घटना भएको काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिए ।

मृत्यु हुनेमा टाटो सुमोमा सवार रहेका ६ वर्षीय बालकसहित ५ जना रहेका छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग ठक्कर खाएको थियो । काभ्रेको रोशी गाउँपालिका–११ मा भएको उक्त दुर्घटनामा एक बच्चासहित पाँचजनाको मृत्यु भएको डिएसपी खतिवडाले बताए ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन नसकेको र घाइतेहरूको उारको काम भइरहेको छ । दुर्घटनामा परि घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स