३१ अंकले घट्यो नेप्से, जाल्पा सामुदायिक लघुवित्तमा लाग्यो सर्किट

काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख २ हजारको कित्ता सेयर १ अर्ब २६ करोड ९२ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।

आज १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स