कास्की । बैशाख ७ गते अपराह् ४.२५ बजेको थियो । मनिता भैसी दुहुने चटारोमा थिइन् । हामी पुगेको देखेपछि उनले हामीलाई एकछिन रोक्न भनिन् र आफू दुध दुहुन तिर लागिन् । सायद दुध दुहुने समय भएकोले होला भैंसीका पाडोपाडी मच्चिरहेका थिए ।

बाख्राका पाठापाठी ‘म्या म्या’ गर्दै दौडिरहेका थिए । गाईभैसीको बाच्छाबाच्छी र पाडोपाडीको आवाज पनि उत्तिकै गुन्जिरहेको थियो । टोलीमा म र काठमाडौंबाट सँगै गएका मेरा सहकर्मी साथीहरू अरुण, दिपेश र जीवनजी अनि छिमेक लघुवित्त वित्तीय संस्था, तालचोक शाखाका शाखा प्रमुख ज्ञानेन्द्र पन्थ सर थियौं ।

उनको फर्म भनौ या उनी बस्ने घरको खाली ठाउँमा जै घाँस र केही सागका बुट्टाहरू झुलिरहेका थिए । अकबरे खुर्सानीको बुट्टामा पालुवा पलाइसकेको थियो । जौका बाला पहेँला हुँदै थिए ।

पानी झर्नै लागेको जसरी आकाशले घुम्टो ओटेकाले हामीलाई आफ्नो त्यहाँको रिपोटिङ कतिखेर सक्नु जस्तै भएको थियो । हामी मनिताको घरमा पुग्दा उनी हाम्रो पर्खाइमा थिइन् भने उनकी दिदीहरू गाईभैसीको स्याहार–सुसारमा गरिरहेका थिए ।

जस्ताको छानो भएको घर नजिकै गाई भैसीको गोठ । गोठमा टोलाएर यता उता हेरिरहेका गाई भैसी घाँस र परालको भुसा खाइरहेका थिए भने केहि नयाँ मान्छे देखेर होला फ्वा फ्वा र फू फू गर्दै थिए । त्यति कै मा उनी र उनकी दिदी शिवमाया भैसी दुहुन गए ।

दुध दोहिसकेपछि मनिताले आफ्नो र दिदीहरूको संघर्षका कथाहरू सुनाउन थालिन् । गाउँको बस्ती आय आर्जन गर्ने कुनै ठाउँ थिएन । हातमुख जोर्न नै गाह्रो थियो । खेतबारीमा केहि उत्पादन गरेर बिक्री गरौं न त भन्दा पनि बजार थिएन । दुई छोरा पढाइको भार पनि उनकै थाप्लोमा थियो ।

दुध दोहिसकेपछि मनिताले आफ्नो र दिदीहरूको संघर्षका कथाहरू सुनाउन थालिन् । म्याग्दीमा बस्दा आजआर्जनको काम गर्न नसकेपछि केही आज आर्जनको काम गर्ने सोच लिएर मनिता दिदीहरूको साहरामा कास्की झरेकी थिइन् ।

मलेशिया गएका श्रीमान फर्केर आएपछि मनिता तिलिजा गाउँमा कष्टकर जीवन जिइरहेकी थिइन् । गाउँको बस्ती आय आर्जन गर्ने कुनै ठाउँ थिएन । हातमुख जोर्न नै गाह्रो थियो । खेतबारीमा केहि उत्पादन गरेर बिक्री गरौं न त भन्दा पनि बजार थिएन । दुई छोरा पढाइको भार पनि उनकै थाप्लोमा थियो ।

के गर्ने, के नगर्ने उनीसँग कुनै उपाय थिएन । मलेशिया गएका श्रीमानले माया मारेपछि उनी गाउँमा नै दुःख गरेर बच्चा हुर्काउँदै थिइन् । छोराहरू बढ्दै गएपछि उनीहरूलाई कसरी पठाउने भन्ने चिन्ता त्यतिकै थियो । बिलखबन्दमा परेकी मनिता आफै केहि गर्न सक्ने अवस्थामा थिइनन् ।

दाजु अमेरिकामा बस्छन्, भाइले कुखुरा पालन गरेका छन् । श्रीमान्को सहयोग नभएकाले उनीसँग छोराहरूको भविष्य कोर्ने अर्को कुनै आधार थिएन ।

उनका दिदीहरू शिवमाया शेरबुजा र राममाया शेरबुजा पोखरा महानगरपालिका, २७ जरुवामा बस्दै आएका थिए । बहिनीले दुःख पाएको देखेर दिदीहरूले मनितालाई जरुवामा ल्याउन चाहे पनि गर्ने इलम थिएन । ल्याएर के गर्न लगाउने भन्ने तनावमा दिदीहरू थिए ।

तरकारी खेती गर्न पाए हुन्थ्यो भन्ने कुरा दिदीबहिनीबीच पहिलादेखि नै चलेकोे थियो । तर, खेती गर्नको लागि न त जमिन थियो न त पैसा नै । मनिताकी जेठी दिदी शिवमाया छिमेक लघुवित्तको सदस्य बनेकी थिइन् । उनले यो कुरा सुनाएपछि लघुवित्तले दिदीलाई लागनी गर्न ऋण दिने भयो ।

दिदीहरू जरुवामा भएकाले मनिता पनि जे पर्ला पर्ला भन्ने आँटका साथ २०७१ सालमा म्याग्दीको रघुगंगा गाउँपालिका देवखोला –१ बाट तालचोक आइन् । उनकी मामाकी छोराी चन्द्रदेवी बुजा तिलिङ पनि इलमको खोजीमा थिइन् ।

मामा र फुपुकी छोरी एक्कै ठाउँमा भेटिएपछि केहि गर्ने अठोट गरे र छिमेक लघुवित्त वित्तीय संस्थाबाट २५ हजार कर्जा लिएर १ रोपनी जग्गामा फूलखेती सुरु गरे । तिहारमा उनीहरूले लगाएको फूल राम्रोसँग बिक्री भयो । कमाइ पनि राम्रो नै भयो ।

‘छिमेक बैंकबाट लिएको पैसाले हामीले फूलको बेर्ना किनेका हौ,’ मनिताले भनिन् ‘फूलबाट त्यो वर्ष हामीहरूले १ लाख रुपैयाँ कमायौ ।’ त्यसपछि मेहनत गर्यो भने केहि त हुँदो रहेछ भन्ने भयो । म्याग्दीमा गरेको दुःख त्यतिकै जान्थ्यो तर यहाँ गरेको दुःखले मनमा उत्साह दियो । नजिकै बजार भएकोले फूल बिक्रीका लागि उनीहरूले कुनै कष्ट खेप्नु परेन । सहजै फूलको व्यापार अनि मनग्य आम्दानीले उनीहरू व्यवसाय अझ बढाउने सोच पलायो ।

१७ रोपनीमा तरकारी खेती
फूलखेतीबाट राम्रो आम्दानी गरेपछि चार दिदीबहिनी मिलेर १७ रोपनी जग्गा भाडामा लिए र तरकारी खेती सुरु गरे । उनीहरूले १० वर्षका लागि जग्गा भाडामा लिएका हुन् । ‘५ वर्षसम्म वर्षको १ लाख ५० हजार रुपैयाँ तिर्ने र ५ वर्षपछि १० प्रतिशतका दरले बढाउने भनिएता पनि अहिले वर्षको २ लाख रुपैयाँ तिर्दै आएका छौं,’ उनले भनिन् ‘फूलखेतीबाट कमाइ भएको १ लाख रुपैयाँ र चार दिदीबहिनीले छिमेक लघुवित्तबाट २५/२५ हजार रुपैयाँ कर्जा लिएर सो जग्गामा तरकारी खेती सुरु गयौ ।

‘तरकारी खेतीबाट कुनै वर्ष १०\१२ लाख रुपैयाँ पनि आम्दानी भयो,’ मनिताले ती दिन सम्झिन् ‘३ वर्षसम्म तरकारी खेतीमात्रै गर्यौ ।’ तरकारी खेतीमात्रै गर्दा कहिले असिना पानीले खाइदिने, कहिले नबिकेर हैसान हुने त, कहिले सस्तोमा बिक्री गर्नुपर्दा लागत मूल्य समेत नउठने त कहिले महँगो मूल्य तिर्दा समेत मल नपाउने भएपछि उनीहरूले तरकारी खेतीलाई सहयोग गर्ने अर्को कुनै व्यवसाय गर्ने योजना बनाए ।

३ वर्षपछि गाईभैसी पाल्ने अर्को इलम

एउटा व्यवसाय मात्रै गर्नुभन्दा अर्को कुनै व्यवसाय पनि सँगसँगै गर्न सके एउटा व्यवसाय बिग्रिएपनि अर्कोबाट सपोर्ट मिल्छ भन्ने उनीहरूले ठाने । मल किनेर तरकारी खेती गर्न साध्य नलाग्ने देखेपछि उनीहरूले गाई भैंसी र बाख्रा पाल्ने अर्को योजना बनाए ।

तरकारी खेतीबाट भएको आम्दानी घर खर्च पनि गर्नुपर्ने भएकोले लगानी गर्न सक्ने अवस्थामा उनीहरू थिएनन् । भैंसी पालन गर्नको लागि ठूलो ऋण चाहिने र सो ऋण लघुवित्तको सीमा बाहिर भएपछि के गर्ने के नगर्ने, कहाँबाट कर्जा लिने भन्ने चिन्ता दिदीबहिनीमा परेको थियो ।

बंगलादेश बैंकमा काम गर्ने म्याग्दी कै एक जना भाइ थिए । गाईभैसी पालन गर्न ऋण आवश्यक भएको विषय शिवमायाले उनलाई सुनाइन् । ‘मेरो जग्गा यहि भएको र हामीले गरेको इलम देखेर बैंकले लोन पनि पत्यायो र बंगलादेश बैंकबाट ३० लाख रुपैयाँ कर्जा लिए,’ उनले भनिन् ‘ अर्को २० लाख ओडी पनि पास गरेर राखे ।’ उक्त कर्जा उनीहरूले आर्थिक वर्ष २०७४/७५ मा लिएका हुन् ।

कति छन् गाईभैसी र बाख्रा ?

बैंकबाट कर्जा पाएपछि उनीहरूले तत्कालै १८ वटा भैसी र १५ वटा बाख्रा किने । गाईभैसीको लागि गोठ र पराल तथा पशुआहार राख्ने भण्डार बनाए । अहिले उनको गोठमा साना ठूला गरी २६ वटा भैसी, ४ वटा गाई र ४१ वटा पाठापाठीसहित बाख्रा छन् । कुनै भैसी ब्याउने छन् भने कुनै दुहुना छन् । एक साताअघिसम्म दैनिक १३० लिटर उत्पादन हुँदै आएको दुध अहिले घटेर १२० लिटरमा सीमित भएको छ ।

यस्तो आम्दानी

‘दुधको मूल्य पनि राम्रै पाएका छन् उनीहरूले । दुध बेचेरै मासिक करिब५ लाख रुपैयाँ आम्दानी हुन्छ । घर–घरमा दुध लैजादा लिटरको १२० रुपैयाँ लिने गरेका छन् भने डेरीमा बिक्री गर्दा प्रतिलिटरको १०५ रुपैयाँ आउँछ,’ मनिताकी मामाकी छोरी चन्द्रदेवीले भनिन् ‘हामी दुध पनि आफै लैजान्छौं, दिदी बहिनीबीच दुध लाने र दुहुने पालो मिलाएका छौं । दुई बहिनीले दुध दुहुने दुई बहिनीले मन्डीमा दुध तथा तरकारी लैजाने दुई/दुई दिनको पालो छ उनीहरूको ।

गाईभैसी पालन गरेपछि घाँसको दुःख भयो । अनि फेरि १२ रोपनी जग्गा वार्षिक डेढ लाख रुपैयाँ तिर्ने गरी भाडामा लिएर उनीहरूले घाँस खेती सुरु गरे । उक्त जग्गामा हिउँदमा जौ तथा जै घाँस र बर्खामा धान रोप्दै आएका छन् । सो खेतमा गाईभैसीका लागि घाँस र हाम्रा लागि भात खाने धान उत्पादन भइरहेको मनिताले सुनाइन् ।

‘बाख्रापालनमा केहि खर्च बढी भएपनि आम्दानी राम्रै छ । वर्षको एक डेढ लाखको चोक्कर नै लाग्छ,’ मनिताकी माइली दिदी राममायाले भनिन् ‘तर पनि बाख्राबाट पनि वर्षमा करिब ३ लाख रुपैयाँजति आम्दानी हुन्छ ।’

‘अहिले सबै गरेर हाम्रो कमाइ वर्षमा ५० देखि ६० लाखसम्म पुग्छ,’ मनिताकी चन्द्रदेवीले भनिन् ‘हामी यसमा साह्रै सन्तुष्ट छौं ।’ २५ हजारबाट ७ वर्ष अघि सुरु भएको सम्पत्ति गाईभैसी समेत जोड्दा करिब ९० लाख पुगेको उनको अनुमान छ ।

छोराछोरी पढाउनेदेखि घर खर्च चलाउनेसम्म यसैको भर

चारै दिदीबहिनीको छारोछोरी पढाउनेदेखि घर खर्च समेत यसै व्यवसायबाट चलेको छ । यहि व्यवसायबाट शिवमायाले छोरोलाई इन्जिनियर बनाएकी छिन् भने दुई छोरीमध्ये जेठी छोरी स्टाप नर्स छिन् भने कान्छी छोरीले बीएसी नर्सिङ गर्दैछिन् । राममायाको छोराले डिप्लोमा पास गरिसकेका छन् भने चन्द्रदेवी र मनिताका छोराहरू अहिले ९/१० कक्षामा पढ्दै छन् ।

चन्द्रदेवीका पति पोर्चुगलमा छन् । शिवमायाको श्रीमानले जरुवामै किराना पसल खोलेका छन् भने राममायाको श्रीमान उनीहरूलाई नै काममा सघाउँछन् ।

तरकारी खेतीका साथै गाईभैसी पालन गरेपछि कोरोना महामारी आयो । यसले हामीलाई ठूलो नोक्सान गरायो । खेतमा लगाएको तरकारी खेतमै कुहियो । कतिपय तरकारी सुकेर गयो भने उपभोक्ताको घर–घरमा दुध पुर्याउन नसक्दा साह्रै बिचल्ली भयो । पेट्रोल थिएन, कतिपय दुध खाने उपभोक्ता समेत घर जानु भएको थियो । त्यतिबेला बैंकको किस्ता तिर्न भने साह्रै गाह्रो भयो । छिमेक र बंगलादेश बैंकमा गरेर अझै २० लाखभन्दा बढी कर्जा तिर्न बाँकी छ । तर, अहिले आम्दानी पनि राम्रो छ । किस्ता तिर्न कुनै चिन्ता छैन । समय मै बैंकको किस्ता तिरेका छौं ।

हेडलाइन्स