काठमाडौं । नेपाल पुलिस क्लब छैटौं संस्करणको जारी राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको आजको खेलमा महिलातर्फ विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै विजयी भएको हो ।
पुलिसले एभरेस्टमाथि २५-१८,२५-१९ र २५-१४ को सेटमा जित निकालेको थियो । जितसँगै पुलिसले दुई खेलमा ६ अंक जोडेको छ ।
पुलिस अंक तालिकाको शीर्ष स्थानमा छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यू डायमण्ड र एभरेस्ट भलिबल क्बल सहभागी छन् ।