काठमाडौं । नजिकै आएको निर्वाचनको दौदधूप, गभर्नर फेरवदलीमा आफूले सोचेअनुसार नहुनु, देशले खेपिरहेको कठिन आर्थिक अवस्थाको हुनुजस्ता कारणले अर्थमन्त्री जर्नादन शर्मालाई भ्याई नभ्याई छ ।
निकै ब्यस्तताका बाबजूत पनि अर्थमन्त्री जर्नादन शर्मा सोमबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआईले राखेको कायक्रममा उपस्थित भए । निकै नै हतारमा देखिएका अर्थमन्त्रीको समय सोमबार बिहान ९ बजेदेखि करिब १२ बजेसम्म याक एण्ड यति होटलमा बित्यो ।
के भने अर्थमन्त्रीले ?
देशको अवस्था आयातमुखी भएकाले हामीले परनिर्भता घटाउन जे जति गर्न सिकिन्छ गरौँ भन्ने उनको सार थियो । १. अन्तर्राष्ट्रिय साथीहरूलाई मैले भने ‘तपाईहरुको युद्धले हामीलाई गाह्रो भइसक्यो । हामी शान्ती मनपराउने देशका बासिन्दा हौँ ।’
२. तपाईहरूको किताब पढ्ने फुर्सद मलार्ई छैन, ३ दिन भित्र अलि छोटो बनाएर बुँदागत रुपमा दिनुस् ।
३. लुम्बिनीमा बर्थिङ सेन्टर सुरु गर्नका लागि के ले रोक्यो अलि राम्रो खालको बनाउँनु पर्यो भने नियम कानुन बरु बनाउँदै गरौँला ।
४. देश आत्मर्निभर बन्नका लागि सरकारी जग्गा प्रयोग गर्न पाइन्छ, तर त्यस्तो जग्गा व्यतिगत प्रयोजनका लागि भने हुुन हूदैँन त्यसले देशलाई फाइदा पुर्याउनु पर्छ ।