ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ का युवा नेता एमालेमा प्रवेश गरेका छन् । नेपाली काग्रेस तरुण दलका पुर्व क्षेत्रीय सभापति निरन खड्का एमालेमा प्रवेश गरेका हुन् ।
ललितपुर महानगरपालिका-१८ निवासी खड्का दशक लामो खेलकुदमा आबद्ध थिए । राष्ट्रिय खेलकुद परिषद्का पुर्व सदस्य रहेका खड्का ताइक्वान्डोको मार्शल आर्ट खेलाडी हुन् ।
उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । ललितपुरको राजनीतिमा ख्याति कमाएका नेता पार्टीको महाअधिवेबन प्रतिनिधि, ०५८ देखि ०६२÷०६३ को जनआन्दोलन सम्म ६ वर्ष तत्कालिन सैबुगाउँ कमिटी तरुणदलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
पार्टीमा प्रवेश गराउदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेद्दारलाई विजयी गराउन लाग्नुपर्ने बताए ।
उनले एमालेको नीति र सिद्धान्त मन परेको कारण पार्टी प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा एमाले पोटिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल, पार्टी केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य वावुराम थापा, प्रदेश सांसद एवं पुर्व प्रदेशमन्त्री जीवन खड्का एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यको उपस्थिति रहेको थियो ।