काठमाडौं । मिक्सरको भित्री भागमा १०० ग्राम सुन लुकाएर ल्याउने व्यक्ति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्ने रुपन्देहीका २८ वर्षीय युवक रहेको प्रहरीले जनाएको छ ।
उनलाई कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका बेला १०० ग्राम सुनसहित विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उनले मिक्सरको भित्री भागमा कालो टेपले बेरेर लुकाए ल्याएको अवस्थामा सुन फेला परेको भन्सार कार्यालयले जनाएको छ ।
१००किलो सुन समाउन नसक्ने हाम्रो देस मा १००ग्राम भने अबस्य समाउछन हाम्रा सुरक्षा कर्मिहरु त्यो पनि सर्बसाधारण को वा हाम्रो देस ।।