नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार हिमालयन जनरल इन्स्योरेन्सको ६.६५ प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, समता घरेलु लघुवित्तको २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २ सय ४०.३२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार नेप्सेमा २ कम्पनीको गरि कुल १३ लाख २ हजार ९ सय ६४.३२ कित्ता सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स