काठमाडौं। एभरेष्ट यती इन्टरनेशनल प्रालिका सञ्चालक बिरुद्ध नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छलि गरेको माग दाबीसहित मुद्दा दर्ता गरिएको छ ।
राजश्व अनुसन्धान विभागले उक्त कम्पनीका सञ्चालकद्वय भक्तपुर सूर्यविनायक नगरपालिका १० देउजागाउँ निवासी दीपककुमार देउजा र अचला थापा देउजा बिरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपियाँको माग दाबीसहित गत शुक्रबार उच्च अदालत पाटन ललितपुरमा मुद्दा दर्ता गरेको हो ।
विभागले गरेको अनुसन्धानमा राजश्व छलि भएको पुष्टी भएपछि मूल्य अभिबृद्धि करतर्फ ३ करोड ४० लाख १८ हजार र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६० रुपियाँ गरी ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपियाँ बिगो र त्यत्तिकै परिमाणमा सजाय हुने बिगो दाबीसहित मुद्दा दर्ता गरिएको विभागद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।