कर बढाउँन माग ?

सोमबार । एफएनसीसीआईले २०७९/८० बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्री जर्नादन शर्मासंग अन्तरक्रिया कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा अधिकांशले करमा छुट लगाएत विभिन्न सहुलियतका माग गरेका थिए भने दुइवटा पृथक क्षेत्रका हस्तिले चाहीँ कर थोरै भएर दुःख पाइयो भने ।

नेपाल फ्लोरीकल्चर एसोसियसनका अध्यक्ष मिनबहादुर तामाङले आयातमा कर बढाउन माग गरेका छन् । कार्यक्रममा भारतबाट आयातित फूलहरुसंग बजारमा स्वदेशी पूmलहरुले प्रतिस्पर्धा गर्नु पर्ने भएकाले करको दर थप गरि दिए स्वदेशमै उत्पादित फूलहरुले राम्रो बजार पाउने तर्क गरेका छन् ।

त्यसैगरी चलचित्र उद्योग संघका अध्यक्ष आकाश अधिकारीले पनि हामीलाई कर छुट होइन कर बढाई दिन माग गरेका छन् । उनको पनि तर्क विदेशी चलचित्रले सजिलै बजार पाउने भएकाले कर बढाई दिए स्वदेशी चलचित्रहरुले बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स